Tuesday, February 7, 2017

आइफोनमा पनि चलाउनुहोस् फोर जी (तरिका सहित)

नेपाल टेलिकमको फोर जी (4G/LTE) सेवा अबदेखि आइफोन सेटमा चलाउन सकिने भएको छ ।
यही माघ २५ गतेदेखि आइफोनका सबै सिरिजका आइफोन सेटमा पनि प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । टेलिकमले आज जारी गरेको विज्ञप्तीमा मंगलबारदेखि आइफोन सिक्स, सिक्स प्लस, सेभेन, सेभेन प्लसका सेटहरुमा पनि फोर जी सेवा प्रयोग गर्न सकिने उल्लेख छ ।
नेपाल टेलिकमले 4G/LTE सेवा सञ्चालन आरम्भ गर्नु अगावै देखि एप्पल कम्पनीका सबै सिरिजका मोवाइल फोन सेटहरुमा पनि यो सेवा प्रयोग गर्न सकिने व्यवस्था गर्न उक्त कम्पनीलाई आग्रह गरेपछि सो कम्पनीले आगामी मार्च महिना देखि सो व्यवस्था गर्ने योजना भएको जानकारी गराएको थियो ।
4G/LTE सेवा सञ्चालन भइसके पछि पनि आइफोनका केही सिरिजहरुमा सेवा प्रयोग गर्न नपाउँदा ग्राहकहरुलाई मर्का परेको महसुस गरी नेपाल टेलिकमले निरन्तर रुपमा एप्पल कम्पनीलाई आग्रह गरेपछि सो कम्पनीको निर्धारित समय अगावै Beta Version Release गरी आइफोनका सिरिजहका सेटहरुमा 4G/LTE सेवा  सञ्चालन गर्न सकिने व्यवस्था गरिदिएको हो ।
नेपाल टेलिकमले २०७३ पौष १७ गते देखि नेपालमै पहिलो पटक 4G/LTE सेवा सञ्चालनमा ल्याएको थियो । आरम्भमा काठमाडौ उपत्यका र पोखरा उपत्यकाका पोष्टपेड मोवाइलका ग्राहकहरुका लागि यो सेवा उपलब्ध गराइएको र कम्पनीको वार्षिकोत्सवका अवसरमा २०७३ माघ २२ गते देखि  काठमाडौ र पोखराका प्रिपेड मोवाइल सेवाका ग्राहकहरुलाई पनि यो सेवा उपलब्ध गराइएको छ ।
यसरी गर्नुहोस् मोबाइलमा फोर जी सेटिङ
१. आइफोन सिक्स, सिक्स प्लस, सेभेन, सेभेन प्लस सिरिजका फोन सेटमा 4G/LTE सेवा सञ्चालन गर्नको लागि एप्पल  कम्पनीको वेवसाइट  https://beta.apple.com/  मा उपलब्ध निर्देशन अनुसार आफ्नो फोनको Back up लिई Profile download गर्नुहोस् । 
२. त्यसपछि General >Setting>Software update मा गई Beta Version download गर्नुहोस् । 
३. यति गरिसकेपछि Cellular Data Option मा गएर 4G/LTE छान्नुहोस् । 
४. त्यसपछि Cellular Data अन गर्नुहोस् । अब तपाइको आइफोन सिक्स तथा सो माथिका  सिरिजमा नेपाल टेलिकमको 4G/LTE सेवा प्रयोग गर्न सक्नुहुनेछ । 

Load disqus comments

0 comments