Thursday, March 16, 2017

एनसेलमा निःशुल्क सेवा बन्द हुने

एनसेलले केही समयदेखि आफ्ना ग्राहकलाई दिँदै आएको निःशुल्क ट्वीटर र विकिपिडिया सेवा बन्द गर्ने भएको छ ।  कम्पनीले आगामी चैत १२ गतेदेखि यी सेवा बन्द गर्न लागेको जानकारी दिएको हो ।
एनसेलले सन् २०१४ मे महिनादेखि माइक्रो ब्लगिङ साइट ट्वीटर निःशुल्क चलाउन सक्ने व्यवस्था गरेको थियो ।
त्यसैगरी, एनसेलको नेटवर्कमा इन्टरनेटमा आधारित विकिपिडिया चलाउन पनि निःशुल्क गरेको थियो तर आगामी चैत १२ गतेदेखि एनसेलका उपभोक्ताले यी दुई साइट चलाएबापत अन्य साइट चलाएसरह नियमित शुल्क तिर्नुपर्नेछ ।
ट्वीटरसँगको निःशुल्क सेवाबारे सम्झौता आगामी चैत १२ गते सकिने भएकाले एनसेलले निःशुल्क ट्वीटर सेवा बन्द हुनेभएको जनाएको छ ।  त्यसो त एनसेलले फेसबुकसँगको सहकार्यमा केही महिनायता म्यासेज र फोटो सेयरबाहेकका सेवा आफ्ना प्रयोगकर्तालाई निःशुल्क दिन थालेको छ ।

Load disqus comments

0 comments