Thursday, May 11, 2017

ड्रोन उडानुस एयर सेल्फी खिच्नुस

सेल्फीका पारखीलाई खुशीको खबर छ । सेल्फी स्टिकबाट सेल्फी खिच्न झन्झट कत्तिको लाग्छ ? अब झन्झटबाट मुक्त हुने प्रविधि भित्रिएको छ । सेल्फी ड्रोन उडाउनुस्, खिच्नुस् सेल्फी ।
यो सेल्फी ड्रोनको प्रयोगबाट तपाईंले एयर सेल्फी लिन सक्नुहुनेछ । यो ड्रोन २० मिटरको उचाइसम्म उड्न सक्नेछ ।
यसबाट लिइएको सेल्फीलाई ‘एयर सेल्फी’ नाम दिइएको छ । यस सेल्फीको डिभाइसमा ५ मेगापिक्सलको क्यामरा रहेको छ । यसमा मोबाइल साइजको डिभाइस ड्रोनमा क्यामरा राखिएको हुन्छ ।
यो सेल्फी ड्रोनमा रहेको क्यामरालाई वाइफाइबाट नियन्त्रण गर्न सकिन्छ । तपाईसँग रहेको रिमोट वा स्मार्ट फोनले एयर सेल्फी खिच्न सकिन्छ ।
प्रयोगकर्ताले २० मिटरको उचाइमा रहेको ड्रोन क्यामराबाट जुम गर्दै तस्बिर लिन सकिन्छ । यसमा ४ जिवी फोटो भण्डारण गर्ने क्षमता रहेको छ । हाल ड्रोन क्यामराको मुल्य ३० हजार रुपियाँ हाराहारी पर्ने जनाइएको छ ।
Load disqus comments

0 comments