Wednesday, September 6, 2017

भदौको अन्तिममा आउँदैछ आइफोन, के–के छन् विशेषता ?

आइफोन पारखीका लागि खुसीको खबर छ । आगामी सेप्टेम्बर १२ अर्थात् भदौ २७ गते अमेरिकाको क्यालिफोर्नियास्थित क्युपर्टिनोे एप्पल कम्पनीको मुख्यालयमा रहेको स्टिभ जब्स थियटरबाट ‘आइफोन–८’ को सार्वजनिक हुने भएको छ ।
आइफोनको नयाँ सेट ‘आइफोन–८’ भर्सन सार्वजनिक भएसँगै प्रयोगकर्ताले नयाँ सुविधासहित ‘आइफोन–८’ चलाउन पाउनेछन् ।
सेप्टेम्बर १२ मा ‘आइफोन–८’को सार्वजनिकसँगै ‘आइफोन–७ एस’ र ‘एस प्लस’ सार्वजनिक गरिनेभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
‘आइफोन–८’ मा के छन् विशेषता ?
‘आइफोन–८’ मा के–कस्ता सुविधा रहेका छन् भन्ने सबै कुरा थाहा पाउन सेप्टेम्बर १२ कुर्नुपर्ने एप्पलले जनाएको छ । तैपनि ‘आइफोन–८’का केही विशेषता भने यसअधि नै सार्वजनिक भइसकेका छन् ।
एप्पलले जारी गर्ने आइफोन–८ मा ‘फेसियल रिकग्जिनेसन’, र ‘थ्रीडी सेन्सर’ सहितको ‘फिङ्गरप्रिन्ट’को सुविधा रहनेछन् ।  पहिलाभन्दा आइफोनको मोबाइल सेटको सुरक्षा अझ बलियो हुने बताइएको छ ।  साथै ‘आइफोन–८’बाट ‘थ्रीडी सेन्सर’सहित ‘लेजर फोटो’ खिच्न सकिने जनाइएको छ ।
साथै ‘आइफोन–८’ मा वायरलेस चार्जिङ र छोटो समयमै चार्ज गर्न सकिने ‘सी यूएसबी’को सुविधासमेत रहनेछ ।  यो सेटमा डिजिटल अडियो, वाटरप्रुफ, एप्पल्स नेक्स्ट जेनेरेसन प्रोसेसर ए–१० एक्स तथा ए–११’ प्रयोग हुने बताइएको  छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ‘आइफोन–८’ को मूल्य करिब ९०० देखि १२०० अमेरिकी डलरको बीचमा रहनेछ । प्रस्तुती अजय शर्मा/एजेन्सी

Load disqus comments

0 comments