Wednesday, December 6, 2017

ट्वीटरले प्रयोगकर्ताको अनुमति विना लोकेशन देखाईदिएपछि

ट्वीटरमा आएको प्राविधिक समस्या अर्थात् वगका कारण ती प्रयोगकर्ताहरुको लोकेशन देखिएको कम्पनीले पुष्टी गरेको छ ।

‘मोबाइलमा लोकेशन अन गर्ने प्रयोगकर्ताहरुको इमोजी तथा जीआईएफ प्रयोग भएको ट्वीट्मा उनीहरुको अनुमति विना लोकेशन देखिएको थियो । कुनै घटनामा यसरी लोकेशन सेयर भएका प्रयोगकर्ताहरुको शहरको जानकारी ट्वीटका साथ सार्वजनिक भएको थियो’ ट्वीटरको आधिकारिक ब्लग पोष्टमा उल्लेख छ ।

यसरी प्रयोगकर्ताको लोकेशन सार्वजनिक भएपछि केही ट्वीटर प्रयोगकर्ताले गोपनियताको मुद्दा उठाएर ट्वीट गरेका थिए । यसरी अनुमतिविना लोकेशन सेयर भएका केही ट्वीटर प्रयोगकर्ताले ट्वीटरले देखाएको लोकेशन उनीहरुको वास्तविक स्थान नभई पहिला उनीहरु गएको स्थान देखाएको बताएका छन् ।

- अजय शर्मा/आईटी पाना

Load disqus comments

0 comments