Wednesday, March 16, 2016

फेसबुक आईडी ह्याक गर्ने आनन्दलाई फेसबुकबाटै १६ लाख इनाम !

भारतका सफ्टवेर इञ्जिनियर (White Hat Hacker) आनन्द प्रकाशले फेसबुक लगइन बग पत्ता लगाए वापत १५ हजार डलर (करिब १६ लाख नेपाली रुपैयाँ) पुरस्कार पाउनुभएको छ । उहाँले फेसबुकको सिष्टम ह्याक गरि जो सुकैको प्रोफाईल तथा महत्वपूर्ण जानकारी लिन सफल मात्र हुनुभएन फेसबुकले उहाँलाई १६ लाख रुपैयाँ पुरस्कार समेत दियो ।
यी युवकले फेसबुकको लगइन बग पत्ता लगाउनुभएको हो । २२ फेब्रुअरीका दिन उहाँले आफैले फेसबुकलाई यस्तो जानकारी दिनुभयो । २ मार्चको दिन फेसबुकले उहाँलाई पुरस्कृत गरेको जानकारी गरायो ।
त्यसो त फेसबुकले बर्षेनी ह्याकरहरुका लागि प्रतिस्पर्धा नै आयोजना गर्ने गरेको छ । यसले फेसबुकलाई आफ्नो कमजोरी पत्ता लगाई थप मजबुत बनाउन सहयोग गर्छ ।
फेसबुक ह्याक गरेर उल्टै पैसा किन ? आनन्द भन्नुहुन्छ, ‘यो इथिकल ह्याकिङको हिस्सा हो । यसलाई कम्पनिहरुले ‘बाउन्टी रिवार्ड’ भन्छन् । मैले पछिल्लो पटक फेसबुकको लगइन सिस्टममा एउटा बग पत्ता लगाएको थिएँ, त्यसबाट जो कोहीको फेसबुक लगइन गर्न र उसको प्राइभेट मेसेज, फोटोसहित अन्य जानकारी हासिल गर्न सकिन्थ्यो ।’
यति मात्र होइन उहाँले यसअघि ट्वीटर, गुगल, ब्लाकबेरी, एडव, नोकिया, साउन्डक्लाउड र पेपलमा देखिएका बग रिर्पोट गरिसक्नुभएको छ ।
Load disqus comments

0 comments