Monday, September 26, 2016

तीन अर्ब ९० करोड जनसङ्ख्या इन्टरनेटको पहुँच बाहिर

विश्वको ७.२ अर्ब जनसङ्ख्यामध्ये औसतमा तीन अर्ब ९० करोड जनसङ्ख्या इन्टरनेटको पहुँच बाहिर रहेको तथ्य सार्वजनिक भएको छ ।
यसको अर्थ अहिले पनि विश्वको आधा जनसङ्ख्या इन्टरनेट चलाउँदैनन् ।
इन्टरनेसनल कम्युनिकेसन युनियन (आईटीयू)ले हालसालै सार्वजनिक गरेको ‘द स्टेट अफ ब्रोडब्यान्ड २०१६’ प्रतिवेदनका अनुसार सबैभन्दा बढी चीनमा इन्टरनेट प्रयोग गरिन्छ ।  यस्तै भारत दोस्रो नम्बरमा परेको छ ।
प्रतिवेदनका अनुसार घरमा इन्टरनेट जोड्ने देशमध्ये दक्षिण कोरिया अग्रस्थानमा देखिएको छ ।  दक्षिण कोरियामा ९८.८ प्रतिशत घरमा इन्टरनेट जडान भएको उक्त प्रतिवेदनमा उल्लेख छ ।  साथै चीन, भारत, पाकिस्तान, इन्डोनेसिया, नाइजेरिया र बङ्गलादेशमा औसतमा ५५ प्रतिशत जनसङ्ख्यामा मात्र इन्टरनेटको पहुँच रहेको प्रतिवेदनमा जनाइएको छ ।

Load disqus comments

0 comments