Sunday, November 1, 2015

फेसबुकले माफी माग्यो !

सोसल नेटवर्किङ साइट फेसबुकले आफ्ना प्रयोगकर्ताहरूसँग माफी मागेको छ ।
चैत १४ गते पाकिस्तानमा भएको विस्फोटपछि फेसबुकको ‘सेफ्टी चेक’ फिचरले गलत र अपुरो नोटिफिकेसन पठाएका कारण माफी माग्नु परेको हो ।
त्यस घटनापछि फेसबुकले पठाइएको ‘सेफ्टी चेक’ नोटिफिकेसनमा ुब्चभ थयग बााभअतभम दथ तजभ भहउयकिष्यलरुु मात्र उल्लेख छ, कुन स्थानमा विस्फोट भएको भन्ने सूचना उल्लेख नभएको र सम्बन्धित व्यक्तिभन्दा अन्य व्यक्तिलाई समेत नोटिफिकेसन गएकाले फेसबुकले माफी मागेको जनाएको छ ।
सन् २०११ मा जापानमा सुनामी आउँदा पहिलोपटक प्रयोग गरिएको फेसबुक ‘सेफ्टी चेक’ फिचरले ठूलो दुर्घटनाका समयमा फेसबुकमा रहेका आफन्तका बारेमा सुरक्षित रहे नरहेको जानकारी दिने काम गर्छ । 
यसअघि वैशाख १२ गते नेपालमा ठूलो भूकम्प गएलगत्तै फेसबुकले फेसबुक प्रयोगकर्ताका लागि आफू सुरक्षित भए नभएको खबर दिन यस्तो ‘सेफ्टी चेक’ फिचर सुरु गरेको थियो ।
Load disqus comments

0 comments