किन कम्प्युटर कक्षमा जुत्ता, चप्पल र धूमपान निषेध गरिएको हुन्छ ? कहिल्यै एक पटक सोच्नुभएको छ । कतिले त कम्प्युटर कक्षमा जुत्ता चप्पल र धूमपान गरेमा भाइरस लाग्छ भन्ने गरेको सुन्नुभएको होला तर यो सबै गलत धारणा हो । कलेज, विद्यालय र अफिसको कम्प्युटर कक्षमा जुत्ता चप्पल र धूमपान निषेधका सूचना टाँगिएका हुन्छन् ।
यी सूचना त्यसै टाँगिएका होइनन् । कम्प्युटरमा रहेका सर्किट, उपकरणलाई क्षति नपुगोस् भन्ने अभिप्रायले कम्प्युटर कक्षमा जुत्ता चप्पल र धूमपान निषेध गरिएको हो ।
कम्प्युटर प्रणालीमा रहेका विभिन्न उपकरण जस्तै मदरबोर्ड, सीपीयू, हार्डडिस्क, मेमोरी ड्राइभ, प्रिन्टर, मनिटर तथा साना र मसिना सर्किट रहेका हुन्छन् । कम्प्युटर कक्षमा हामी जुत्ता चप्पल लगाएर जाँदा स–साना धूलोका कण कम्प्युटरको मदरबोर्ड, सीपीयू, हार्डडिस्क, मेमोरी ड्राइभ, प्रिन्टर, मनिटर तथा साना र मसिना सर्किटमा टाँसिन पुग्छन् । यतिमात्र होइन कम्प्युटर कक्षको वायुमा रहेको पानीको मात्रा अर्थात आद्रता र धूलोको कण समिश्रण भई साना र मसिना सर्किटमा टाँसिन्छ । तत्काल वा भविष्यमा कम्प्युटर प्रणालीमा रहेका सर्किटबीच सर्ट सर्किट भई कम्प्युटरका पार्टपुर्जा जल्ने सम्भावना हुन्छ । त्यसैले कम्प्युटर कक्षमा जुत्ताचप्पल लैजान निषेध गरिएको हो ।
यस्तै कम्प्युटर कक्षमा धूमपान निषेध किन लेखिएको होला भन्ने तपाईंलाई लागेको हुनसक्छ । यसको कारण भने बेग्लै छ, कम्प्युटरका पार्टपूर्जा म्याग्नेटिक तत्वले बनेका हुन्छन् । चुरोटको धुवाँमा कार्बन हुन्छ । कम्प्युटरको मेमोरी डिभाइस लगायत म्याग्नेटिक तत्वबाट बनेका सबै पाटपूर्जालाई कार्बनले असर गर्ने भएकाले कम्प्युटर कक्षमा धूमपान निषेध गरिएको हो ।

0 comments