प्रविधिको क्षेत्रमा अग्रस्थानमा रहेको कम्पनी माइक्रोसफ्टले ‘एज ब्राउजर’ प्रयोग गर्नेलाई पैसा दिने योजना ल्याउने भएको छ ।
केही समय अगाडि मात्र माइक्रोसफ्टले विन्डोज १० सँगै इन्टरनेट एक्स्प्लोरको प्रतिस्थापक भर्सन ‘एज ब्राउजर’ सार्वजनिक गरेको हो ।
‘एज ब्राउजर’ले खासै लोकप्रियता हासिल गर्न नसकेपछि माइक्रोसफ्टले यसको प्रयोगकर्ताको सङ्ख्या बढाउन प्रयोगकर्तालाई पैसा दिने योजना ल्याउन लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
माइक्रोसफ्टले विद्यमान बेव ब्राउजर गुगल क्रोम र मोजिल्लाभन्दा आफ्नो एज ब्राउजर हरेक कोणबाट उत्कृष्ट रहेको दाबी गर्दै आएको छ ।
साथै माइक्रोसफ्टले एज ब्राउजर चलाउनेहरूलाई माइक्रोसफ्ट रिवार्ड योजना ल्याउने भएको छ, यसरी प्रयोगकर्ताले पाउने रिवार्ड अङ्कलाई प्रयोग गरी माइक्रोसफ्ट स्टोर तथा विङ्गमा किनमेल गर्न सक्ने छन् । हाललाई माइक्रोसफ्टको यो रिवार्ड योजना अमेरिकामा मात्र उपलब्ध रहने बताइएको छ ।

- अजय शर्मा
0 comments