विश्व बजारमा ग्यालेक्सी नोट ७ को ब्याट्री पड्कने समस्याको चर्चा सेलाउन नपाउँदै आइफोन सेभेन र सेभेन प्लसमा अनौठो समस्या देखिएको चर्चाले स्थान लिएको छ ।
एक साताअघि मात्र कोरियाली मोबाइल उत्पादन कम्पनीले बहुप्रतिक्षित ग्यालेक्सी नोट ७ ल्याएको केही समयमा ब्याट्री पड्कने समस्याका कारण विश्व बजारबाट उक्त सेट फिर्ता लिनुपर्यो । यो साता अमेरिकी मोबाइल उत्पादन कम्पनी एप्पलले हालै सार्वजनिक गरेको आइफोन सेभेन र सेभेन प्लसमा अनौठो समस्या देखिएको चर्चा चलेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार स्टेफन हैकेट नाम गरेका ब्लगरले आइफोन सेभेनमा अनौठो आवाज आएको ट्विटरमा भिडियोसहित पोस्ट गरेका छन् । मेरो आइफोन सेभेनमा बढी लोड हुँदा निक्कै खराब आवाज आइरहेको छ, उनले भनेका छन् ।
विश्व बजारमा आइफोन सेभेन र सेभेन प्लसमा अनौठो समस्या देखिएको चर्चा चले पनि एप्पलले यसबारेमा आधिकारिक रूपमा केही बोलेको छैन । रिपोर्टका अनुसार हिसिङ आवाज वास्तवमा नोइज हो, जुन प्रोसेसरले निकालिरहेको छ । रिपोर्टका अनुसार आइफोनको पहिलो उत्पादनमा केही गडबढी भएको अनुमान गरिएको छ, यो समस्या केही प्रयोगकर्तामा समस्या देखिएको जनाइएको छ ।

0 comments