विश्व चर्चित रियालिटी 
गेम ‘पोकेमन गो’को चर्चा सेलाउन नपाउँदै यसले निम्त्याएका समस्याका बारेमा 
बहस हुन थालेको छ ।  अन्तर्राष्ट्रिय समाचारमाध्यमका अनुसार हालसालै 
जापानमा ‘पोकेमन गो’ खेलिरहेका चालकले एक महिलालाई ठक्कर दिएपछि महिलाको 
मृत्यु भएको छ ।  ३९ वर्षीय चालकले दुईजनालाई ठक्कर दिएकोमा एकको मृत्यु 
भएको छ भने अर्की गम्भीर घाइते भएकी छिन् ।  साथै यो दुर्घटनाको समाचार 
सुनेपछि पोकेमनका गो निर्माता ‘नियान्टिक’ले मृतकको परिवारप्रति समवेदना 
व्यक्त गरेको बताइएको छ ।  ‘पोकेमन गो’ खेल्दा खेलाडी हिँड्नुपर्ने हुन्छ 
।  यो एपले चलिरहेको सवारीमा खेलाडी भएमा चेतावनी तथा सूचना दिन्छ ।  यो 
खेल खेल्दा खेलाडी हिँड्नुपर्ने भएकाले विभिन्न देशका संवेदनशील तथा 
पुरातात्विक क्षेत्रमा खेल्न निषेध 
गरिएको छ ।
गरिएको छ ।

0 comments