विश्वकै लोकप्रिय मेसेजिङ एप ‘भाइबर’ले नेपाली उपभोक्तालाई मध्यनजर गर्दै दुई हप्ताका लागि राति दुई घण्टाभित्र १० मिनेट नि:शुल्क ‘भाइबर आउट कल’ सुविधा दिएको छ ।गत मङ्गलबारदेखि सुरु भएको यो सेवा नेपाली उपभोक्ताले आगामी असोज ३ गतेसम्म उपयोग गर्न पाउनेछन् ।
भाइबरले आधिकारिकरूपमा नेपाली उपभोक्तालाइ भाइबर म्यासेज मार्पत् जनाएको सूचना यस प्रकार छः
केवल चाहेको व्यक्तिको नाममा थिच्नुहोस् कल गर्न चाहेको व्यक्तिको नम्बर डायल गर्नुहोस् र भाइबर आउट कललाई चयन गर्नुहोस् । अथवा भाइबरको कि प्याडमा चाहेको नम्बर हान्नुहोस् डायल गर्नुहोस् र कल् गर्नुहोस् ।
तपाईले देशको कोड गलत भएको छ कि भनेर ध्यानमा राख्नुपर्नेछ ध्यान दिनुहोस, रमाइलो गर्नुहोस् ।

0 comments