राष्ट्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले विगत वर्षहरुमा जस्तै यस वर्ष पनि हिन्दुहरुको महान चाड दशैँ, तिहार र छठको अवसरमा विभिन्न अफर तथा छुट दिने भएको छ ।
टेलिकमले दशैं, तिहार र छठलाई मध्यनजर गदैँ विभिन्न ७ प्रकारका अफर सार्वजनिक गरेको हो । सो अफरमा टेलिकमले मोबाइल कल, डाटा र रिचार्ज गर्दा समेत अफर र बोनससम्म दिएको छ । साथै टेलिकमले जीएसएम तथा सिडिएमए पोष्टमेड मोबाइलमा असोज २८ गतेदेखि कार्तिक २८ गतेसम्म एक महिना ५० एमबी डाटा निःशुल्क उपलब्ध गराउने भएको छ ।
यस्ता छन्, टेलिकमका ७ अफरः
१. डाटा अफर
नेपाल टेलिकमले जीएसएम तथा सीडीएमए मोबाइलका ग्राहकलाई डाटा र निःशुल्क भ्वाइस तथा एसएमएस अफर सार्वजनिक गरिएको छ । असोज १५ देखि २९ गतेसम्म र कात्तिक १२ देखि २१ गतेसम्म १ सय एमबीको डाटा ५० रुपैयाँमा र २५० एमबी डाटा १ सय रूपैयाँमा उपलब्ध हुने छन् । यस्तै ५० रूपैयाँको डेटा प्याकेज लिने ग्राहकले १० मिनेट भ्वाइस कल र १० वटा एसएमएस बोनस स्वरुप सित्तैमा पाउने छन् । २५० एमबी डाटा लिने ग्राहकले २५ मिनेट भ्वाइस कल गर्न तथा २५ वटा एसएमएस पठाउन पनि सक्ने छन् । १ सय एमबी डाटाको अवधि ५ दिन सम्म र २ सय ५० एमबी डाटाको अवधि १० दिनसम्म रहने टेलिकमले विज्ञप्तीमा जनाएको छ ।
२. नाइट डाटा अफर
राती १० बजे देखि बिहान ६ बजेसम्म ५ सय एमबी डेटा ४० रूपैयाँमा र १ हजार २ सय एमबी डाटा ८५ रूपैयाँमै प्रयोग गर्न सकिने छ । यसैगरी ४० रूपैयाँको प्याकेज ७ दिन र ८५ रूपैयाँको प्याकेज १५ दिन भित्रै प्रयोग गर्नु पर्ने छ । नाइट डेटा अफर असोज १५ देखि ३ महिना सम्म उपलब्ध हुने टेलिकमले जनाएको छ ।
३. भ्वाइस कलमा छुट
असोज २२ देखि २९ सम्म र कात्तिक १४ देखि २० सम्म टेलिकमको मोबाइलबाट टेलिकमकै अर्को मोबाइलमा कल गर्दा अहिले भन्दा १० प्रतिशत कम शुल्क लाग्ने भएको छ ।
४. एसएमएसमा अफर
टेलिकमका सबै मोबाइलमा असोज २२ देखि २९ सम्म र कात्तिक १४ देखि २० सम्म एसएमएसमा ५० प्रतिशत छुट उपलब्ध हुने छ ।
५. लोकल कलमा थप १ सय कल निःशुल्क
ल्यान्डलाइन र सिडिएमए ‘सि’ फोनबाट लोकल कल गर्दा असोज र कात्तिक महिनामा थप सय कल न्यनुनत शुल्क भित्रै पर्ने भएका छन् ।
६. इन्टरनेटमा भ्यालिडिटी थप
दशैंको समयमा असोज २२ देखि असोज २८ सम्म म्याद सकिने एडिएसएल, वाइम्याक्स र फाइबरका ग्राहकको अवधि असोज २९ गतेसम्म र तिहार तथा छठको समयमा कात्तिक १४ देखि कात्तिक २० गतेसम्म थपिने टेलिकमले जनाएको छ ।
७. प्रिपेडमा टक टाइम
जीएसएम र सीडीएमए प्रिपेड मोबाइलमा १ सय भन्दा बढि पिनलेस रिचार्ज गर्नेलाई १० प्रतिशत टक टाइम बोनस थपिने भएको छ ।
दशैँ तिहारमा एनसेलले ल्यायो ‘दोब्बर पैसा ब्याक’ अफर
निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले दशैँ, तिहारको अवसरमा ‘दोब्बर पैसा ब्याक’ योजना ल्याएको छ । यस योजना अन्तर्गत एनसेलका सबै प्रिपेड ग्राहकले प्रत्येक दिन निश्चित रकम मुख्य ब्यालेन्सबाट प्रयोग गर्दा प्रयोग भएको रकमको दोब्बर रकम बोनस ब्यालेन्स स्वरुप फिर्ता पाउनेछन् ।
एनसेलले ल्याएको यो योजना असोज १३ गतेदेखि शुरु भएको छ । यो योजनामा सहभागी हुनका लागि एनसेलका प्रिपेड ग्राहकले १७१२४ मा डायल गर्नुपर्ने एनसेलले जानकारी दिएको छ । एनसेलका ग्राहकले यो सेवा सूचारु गरेपश्चात् मुख्य ब्यालेन्स प्रयोग हुने बितिक्कै सोहि रकम बराबरको दोब्बर रकम बोनस ब्यालेन्सको रुपमा तत्काल प्राप्त गर्न सक्नेछन् ।
तर यसरी प्राप्त बोनस रकम ग्राहकले एनसेल नेटर्वक भित्र मात्र प्रयोग गर्न सक्ने छन् । सो बोनस एक दिनमा एक पटक मात्र प्राप्त हुनेछ भने यसरी प्राप्त भएको बोनस रकम सोही दिन मध्यरात सम्म मात्र मान्य हुने छ । यो योजना शुरुभएको ९० दिनका लागी मात्र लागु हुने एनसेलले विज्ञप्ती मार्फत् जनाइएको छ ।
मोबाइल सेटमा अफर
सामसुङले ल्यायो ‘दशैं बोनाञ्जा’ अफर
कोरियाली कम्पनी सामसुङले हिन्दुहरुको महान चाड दशैंलाई लक्षित गर्दै ‘दशैं बोनाञ्जा’ अफर ल्याएको छ । अफर अन्तर्गत सामसुङको कुनै पनि मोबाइल खरिद गर्दा लक्की ड्र मार्फत् विभिन्न उपहार रहेका छन् ।
हरेक दिन मोबाइल किन्ने तीन जना ग्राहकलाई सामसुङले ग्यालेक्सी अल्फा, ग्यालेक्सी के जुम र ग्यालेक्सी एस ६ मोबाइल प्रदान गर्ने जनाएको छ । त्यस्तै, हरेक दिन एकजना भाग्यशाली ग्राहकले ग्यालेक्सी ट्याब टी–७०५ जित्नेछन् ।
साथै प्रत्येक १५ दिनमा एक जनालाई बजाज पल्सर–२०० आरएस प्रदान गर्ने कम्पनीले जनाएको छ । बम्पर उपहार योजना अन्तर्गत एकजना भाग्यशाली ग्राहकले हुण्डाई क्रेटा कार समेत जित्न सक्नेछन् ।
असोज ४ गतेदेखि सुरु भएको योजना कार्तिक २९ गतेसम्म लागू हुनेछ । यस अवधिमा सामसङ मोबाइल किनेका ग्राहकले मोबाइलको सिरियल नम्बर ५०५१ मा एसएमएस गरी पठाउनुपर्ने छ ।
लाभा मोबाइलको ‘ह्विल्स एन्ड थ्रिल्स अफर’
भारतीय मोबाइल उत्पादक कम्पनी लाभाले दशैं, तिहारलाई लक्षित गरेर ‘ह्विल्स एन्ड थ्रिल्स अफर’ ल्याएको छ ।
यो योजना अन्र्तगत प्रत्येक १५ दिनमा बुलेट मोटरसाइकल र थाइल्यान्ड भ्रमण तथा प्रत्येक सातामा ३२ इन्चको एलईडी टीभी प्रदान गर्ने कम्पनीले जनाएको छ । त्यस्तै यस योजना अन्र्तगत लाभा मोबाइल किन्नेलाई हरेक दिन लाभा स्मार्टफोन जित्ने अवसर समेत रहेको छ ।
साथै यो योजनाको बम्पर उपहारमा भाग्यशाली एक जना ग्राहकले कार समेत पाउनेछन् । ग्राहकले यस अफरमा सहभागिता जनाउन लाभा स्मार्टफोन खरिद गर्नुपर्नेछ ।
हुवावेको दशैं योजनाः हरेक १५ दिनमा भेस्पा र रोयल इन्फिल्ड जित्ने अवसर
चीनको सेनजेनमा अवस्थित चाइनिज बहुराष्ट्रिय कम्पनी, हुवावेले दशैं अफरका रूपमा ‘प्राइज एक–सा–एक, यो दशैंमा भाग्यशाली अनेक’ नामक योजना ल्याएको छ ।
यो अफर अन्तर्गत कुनै पनि हुवावे मोबाइल सेट खरिद गर्ने ग्राहकले हरेक हप्ता लक्की ड्र मार्फत एक सय ओटा पावर बैंक, २० ओटा स्मार्टफोन तथा किट सहित चार जाएन्ट साइकल प्राप्त गर्नेछन् ।
यस्तै हरेक १५ दिनमा हुने लक्की ड्र हो, जस मार्फत् दुई भाग्यशाली विजेताहरुले भेस्पा र रोयल इन्फिल्ड जित्न सक्ने हुवावेले जनाएको छ । यस अफर अवधि भर करिब ५०० ग्राहकहरुलाई उपहार दिइनेछ ।
जेडटिइको स्मार्टफोन किन्दा पावर बैंक फ्रि !
चिनियाँ स्मार्टफोन कम्पनी जेडटिइले दशैं तिहारलाई लक्षित गरेर नयाँ स्मार्टफोन खरिदमा पावर बैंक सित्तैमा दिने भएको छ ।
नेपाली बजारमा भरखरै सार्वजनिक गरिएको जेडटिइ ब्लेड भि ७ को लाइट भर्सनको खरिदमा यस्तो अफर ल्याइएको हो । बिक्रेता कम्पनी इभोलुसन इन्टरप्राइजेजका अनुसार सो सेट खरिद गर्दा ग्राहकले २ हजार २ सय पर्ने पावर बैंक सित्तैमा पाउने छन् ।
जियोनीले ल्यायो, ‘गेट स्मार्ट’ दशैँ तिहार अफर
चिनियाँ मोबाइल कम्पनी, जियोनीले ‘गेट स्मार्ट’ दशैँ तिहार अफर ल्याएको छ । यस अफर अन्तर्गत, दशैँ तिहारको उपलक्षमा जियोनीले आफ्ना केहि उत्कृष्ट मोडेलमा क्यास ब्याक अफरको व्यवस्था गरेको छ ।
ग्राहकहरुले जियोनीका ४ मोडेलका स्मार्ट फोनमा रु. १४०० देखि रु. ३००० सम्म उपलब्ध हुने कम्पनीले जनाएको छ ।
जियोनीको ‘गेट स्मार्ट’ अफर असोज ५ देखि कार्तिक ३० गतेसम्म बजारमा उपलब्ध हुने कम्पनीले प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।
पानासोनिकको ‘१०० प्रतिशत क्यासब्याक’ दशैं अफर
पानासोनिक मोबाइलले ल्याएको ‘१०० प्रतिशत क्यास ब्याक अफर’ अन्तर्गत कुनै पनि पानासोनिक स्मार्ट खरिद गरी ५ भाग्यशाली ग्राहकले हरेक दिन लक्की ड्रमार्फत पुरै पैसा फिर्ता पाउन सक्नेछन् ।
माइक्रोम्याक्सले ल्यायो ‘उपहार म्याक्सिमम, खुसी म्याक्सिमम’ अफर
भारतिय मोबाइल कम्पनी माइक्रोम्याक्सले ‘उपहार म्याक्सिमम, खुसी म्याक्सिमम’ अफर ल्याएको छ । यो योजना अन्तर्गत बम्पर उपहारमा सुजुकी मोटरसाइकल रहेको छ । स्मार्टफोनको खरिदमा स्योर सट उपहार योजनामा ग्राहकले नगद उपहार समेत पाउनेछन् । साथै लक्की ड्रमार्फत् ५ जना भाग्यशाली ग्राहकहरूले एलइडी टेलिभिजन पाउन सक्नेछन् ।

0 comments