Wednesday, October 5, 2016

फेसबुकले ल्यायो नयाँ संस्करणको मिनी मेसेन्जर एप ‘मेसेन्जर लाइट’


लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले पूरानो भर्जनका स्मार्टफोनमा चल्ने र कम व्यान्डविथमा चल्ने नयाँ संस्करणको मिनी मेसेन्जर एप सार्वजनिक गरेको छ ।
केही दिन अघि मात्र सार्वजनिक भएको मेसेन्जर लाइट नामको यो नयाँ एपमा मुख्य मेसेन्जर एपका धेरैजसो मूख्य फिचरहरु जस्तै, टेक्स्ट तथा फोटोहरु शेयर गर्ने फिचर रहेका छन् ।
यसअघि गुगल र लाइनले पुरानो स्मार्ट फोन तथा इन्टरनेट व्यान्डविथ कम भएका देशलाई लक्षित गर्दै आफ्ना भिन्दा भिन्दै संस्करणका एप उपलब्ध गराउदैँ आएका छन् । त्यसो त फेसबुकले यसअघि कम व्यान्डविथमा चल्ने फेसबुक म्यासेन्जरको अर्को भर्सन फेसबुक लाइट सार्वजनिक गरेको थियो ।
अहिले फेसबुकले ल्याएको मेसेन्जरको नयाँ भर्सन ‘मेसेन्जर लाइट’एप १० एमबीको रहेको छ । हाल प्रचलनमा रहेको फुल भर्सन मेसेन्जर एप १५० एमबी साइजको रहेको छ ।

Load disqus comments

0 comments