Wednesday, October 5, 2016

बल्ल गुगल भयो ‘बालिग’ !

सर्वाधिक रुचाईएको सर्च इन्जिन गुगलले गत मङ्गलवार १८ बर्ष पुरा गरेको छ । असोज ११ गते गुगलले १८ औं जन्मोत्सव मनाएको हो ।
गुगलका प्रयोगकर्ताले गुगलले १८ वर्ष पुरा गरी ‘बालिग’ भएको टिप्पणी गरिएको छन् ।
यो कम्पनी स्ट्यानफोर्ड विश्वविद्यालयबाट विद्यावारिधी गरेका दुई छात्रहरू ल्यारी पेज र सर्गेई ब्रिनद्वारा मेन्लो पार्क, क्यालिफोर्निया स्थित सेप्टेम्बर ४, १९९८ मा  स्थापना गरिएको थियो । हाल यिनलाई ‘गुगल गाइज’को नामले सम्बोधन गरिन्छ । सन् १९९६ मा स्ट्याण्डफोर्ड युनिभर्सिटीमा लेरी र सर्गेइ भेट भएपछि उनीहरू सर्च इन्जिनको वेवसाईट बनाउने आइडिया निकालेका थिए । पहिला उनीहरूले ब्ल्याकरब नाम राख्ने सोचाइ बनाएका थिए । तर सन् १९९७ सेप्टेम्बर १५ तारिखमा गुगल राख्ने निर्णय गरेका थिए ।
सन् १९९८ सेप्टेम्बर ४ तारिखमा स्थापना गरेको गुगलको हिष्ट्रि पेजमा भएपनि सन् २००३ मा सेप्टेम्बर ६ मा मनायो भने सन् २००४ मा सेप्टेम्बर ७ मा मनाएको थियो । सन् २०१३ देखि भने सेप्टेम्बर २७ तारिखमा मनाउन थाल्यो । गुगलले आफ्नो जन्मदिन सेप्टेम्बर महिनामा फरक फरक गतेमा मनाउदै आएको छ ।
गुगलले सन् २००२ देखि आफ्नो जन्मोत्सवमा डुडललाई गुगल सर्च पेजमा राख्दै आएको हो ।


18 YEARS OLD, ANNIVERSARIES
BIRTHDAY

Load disqus comments

0 comments