नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले एटिएम कार्डबाट डाटा तथा पिन चोरी गरी अनधिकृत रुपमा रकम निकाल्ने तीन जना रोमानियाका नागरिकलाई पक्राउ गरेको छ ।
ब्युरोका अनुसार यसरी एटीएम कार्डबाट डाटा तथा पिन चोरी गरी अनधिकृत रुपमा रकम निकाल्नेमा ५२ वर्षीय रोमानियाका नागरिक गीता हुजुम, ४८ वर्षीय लोसिफ मोरारु र ४५ वर्षीय एलेक्स क्रिस्टियान रहेका छन् ।
उनीहरुले सोमबार अत्याधुनिक कार्ड स्किमिङ डिभाइस, हिडन क्यामरा प्रणाली, ब्याङ्क कार्ड तथा कार्ड राइटर लगायतका उपकरणहरु प्रयोग गरी रकम निकालेको अभियोगमा पक्राउ परेका हुन् ।
उनीहरू पर्यटक भिषामा नेपालमा आई काठमाडौँका ठमेल, दरबारमार्ग लगायतका विभिन्न बैंकहरुका एटीएम बुथहरुमा हिडन क्यामरा तथा स्किमिङ डिभाइस जडान गरी विभिन्न बैंकहरुका एटीएम बुथहरुबाट नेपाली तथा विदेशी बैंकका ग्राहकहरुको खाताबाट रकम निकाल्ने गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विज्ञप्ती मार्फत् जनाएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले नेपाल ईन्भेष्टमेण्ट बैंकको आई.टि. शाखाको प्राविधिक सहयोगमा खोजी गर्ने क्रममा कात्तिक १९ गते होटल नेपाल तारा ठमेल, नरसिंहचोकबाट पक्राउ गरेको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सोमबार जारी गरेको विज्ञप्ति यसप्रकार रहेको छः
एटीएम कार्डबाट डाटा तथा पिन चोरी गरी रकम निकाल्ने ३ रोमनियन नागरिक पक्राउकाठमाडौँ, २२ कात्तिक
एटीएम कार्डबाट डाटा तथा पिन चोरी गरी अनधिकृत रुपमा रकम निकाल्ने रोमानियन नागरिक ५२ बर्षीय Ghita Huzum, ४८ बर्षीय Iosif Moraru र ४५ बर्षीय Alexe Cristian Bughiurlan लाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले अत्याधुनिक Card Skimming Device, Hidden Camera प्रणाली, Blank Card तथा Card writer लगायतका उपकरणहरु साथैमा लिई पर्यटक भिषामा नेपालमा आई काठमाडौँका ठमेल, दरबारमार्ग लगायतका विभिन्न बैंकहरुका एटीएम बुथहरुमा Hidden Camera तथा Skimming device जडान गरी विभिन्न बैंकहरुका एटीएम बुथहरुबाट नेपाली तथा विदेशी बैंकका ग्राहकहरुको खाताबाट रकम निकालेको सूचना प्राप्त भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले नेपाल ईन्भेष्टमेण्ट बैंकको आई.टि. शाखाको प्राविधिक सहयोगमा खोजी गर्ने क्रममा कात्तिक १९ गते होटल नेपाल तारा ठमेल, नरसिंहचोकबाट पक्राउ गरेको हो ।
उनीहरुबाट प्रहरीले विभिन्न दरका नेपाली रुपैंया ३ लाख ८ हजार ५ सय रुपैया, युरो १० हजार ९ सय ५, फिलिपिनो मुद्रा ४ सय ७०, विभिन्न एटीएम कार्डहरु ३ सय ५३ थान, मोबाइल फोन ६ थान, ल्यापटप २ थान, एटीएमबाट रकम निकाल्दा पिन इन्ट्री गरेको खिच्न प्रयोग हुने Hidden Camera set , Card Personalization Machine , False ATM Keypad , False Card slot, Card slot मा फिट गरी ग्राहकको कार्डमा रहेको डाटा अनधिकृत रुपमा कपी गर्न प्रयोग हुने सेट २ थान, विभिन्न औजारहरु, HUBLOT कम्पनीको २५ लाखसम्मको मुल्यको स्वीस घडी १ थान समेत बरामद गरेको छ ।
उनीहरु बिरुद्द बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम आवश्यक अनुसन्धान कार्य भैरहेको छ ।
0 comments