Wednesday, November 16, 2016

जुकरबर्गसहित बीस लाखलाई ‘मृत घोषणा’ !

सामाजिक सञ्जाल फेसबुकका मालिक मार्क जुकरबर्गको निधन भएको सनसनीपूर्ण घोषणा गरिएपछि खैलाबैला मच्चियो ।
फेसबुकले प्राविधिक त्रुटिका कारण गत शुक्रबार जुकरबर्गको निधन भएको पोस्ट गरेपछि संसारभरि खैलाबैला मच्चिएको हो ।
फेसबुकले जुकरबर्गको निधन भएको भन्दै श्रद्धाञ्जलिसमेत दियो ।  जुकरबर्गकै पेजमार्फत भएको यस्तो घोषणालाई धेरैले आश्चर्यका रूपमा लिए ।  यो घटनापछि जुकरबर्गले आफू जीवितै रहेको र फेसबुकमा आएको प्राविधिक समस्याका कारण त्यस्तो हुन गएको प्रस्टीकरण दिनुभएको छ ।  यसका लागि म र फेसबुक परिवार माफी माग्छौँ, उहाँले भन्नुभएको छ ।  अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार, फेसबुकले करिब २० लाख प्रयोगकर्तालाई ‘मृत्त’ घोषणा गरिदिएको थियो ।

Load disqus comments

0 comments