माइक्रोब्लगिङ साइट ट्वीटरले अमेरिकी चरम दक्षिणपन्थी आन्दोलनका नेताहरुको अकाउन्ट बन्द गरिदिएको छ ।
बीबीसीका अनुसार गोरा राष्ट्रवादी थिङ्क ट्याङ्कका नेतासहित अमेरिकन चरम दक्षिणपन्थी आन्दोलनका धेरै सदस्यहरुको ट्वीटर अकाउन्ट बन्द गरेको हो ।
ती प्रयोगकर्ताले ट्वीटरमा घृणाजनक सामाग्रीको बारेमा उजुरी गर्ने नयाँ तरिकाको घोषणा गरेकै हप्ता ट्वीटरले यस्तो कदम चालेको बताइएको छ ।
तर, के कारणले उनीहरुको अकाउन्ट बन्द गरेको हो त्यसको कारण ट्वीटरले खुलाएको छैन । ट्वीटरले प्रतिबन्ध परेका नेसनल पोलिसी इन्स्टिच्यूटका अध्यक्ष रिचार्ड स्पेन्सरले ट्वीटरको यो कदम कर्पोरेट स्टालिनवाद भएको टिप्पणी गरेका छन् ।
ट्वीटरको यो कदमसँगै केही दक्षिणपन्थी नेताहरुले ट्वीटर प्रयोग गर्न छाडेर ग्याब नामक माइक्रोब्लगिङ साइट प्रयोग गर्न आह्वान गरेका छन् ।
साथै ग्याबले सबै प्रयोगकर्ताका लागि वाक स्वतन्त्रता प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
0 comments