Sunday, February 26, 2017

फेसबुकले आतंकवादीको पहिचान गर्ने

सामाजिक सञ्जाल फेसबुकले आतंकवाद, हिंसा, बुलिंग, आत्महत्या लगायत रोक्न सक्ने सफ्टवेयर बनाउने बताएको छ ।
फेसबुकका संस्थापक मार्क जुकरवर्गले खुला पत्र जारी गर्दै, फेसबुकले एउटा यस्तो सफ्टवर बनाउने प्रयास गरिरहेको जसले फेसबुकमा प्रकाशित हुने सामाग्रीलाई जाँच गर्ने सक्ने बताएका छन् ।
सो पत्रमा बताइए अनुसार फेसबुकले आतंकवाद, हिंसा, बुलिंग, आत्महत्या लगायत रोक्नका लागि एलगरिदम/गणितीय प्रोग्राम बनाउने छ । हालसालै जारी भएको ५५ सय पानाको खुल्ला पत्रमा फेसबुकको भविष्यको चर्चा गर्दै जुकरवर्गले दैनिक जसो प्रकाशन हुने अरबौँ पोष्ट र सामग्री अब बन्ने नयाँ प्रविधिको विकाससँगै जाँच्न सकिने दाबी गर्नुभएको छ ।
‘अब हामीले यस्तो प्रविधिको विकास गदैँ छौँ,  जसले शब्दलाई पढ्न सक्ने छ, तस्विर वा भिडियोलाई निरिक्षण गर्न सक्ने छ  । र खतराको सङ्केतलाई समेत बुझ्न सक्ने छ’ जुकरवर्गले भन्नुभयो ।

Load disqus comments

0 comments