Sunday, February 19, 2017

भारतबाटै आइफोन उत्पादन हुने

विश्वविख्यात मोबाइल आइफोनको निर्माता कम्पनी एप्पलले भारतमा आइफोन उत्पादन गर्ने इच्छा देखाएको छ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले म्यानुफ्याक्चरिङ कम्पनीलाई अमेरिकामै फर्काउने प्रयास गरिरहेको बेला एप्पलको भने यस्तो कुरा बाहिर आएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार भारतको दक्षिणी शहर बैङ्गलोरमा आइफोन उत्पादन गर्ने योजनाका बारेमा एप्पलले भारतीय सरकारसँग छलफल भएको छ ।  एप्पलका कार्यकारीसँग यसबारेमा छलफल भएको भारतका वाणिज्यमन्त्रीले पनि पुष्टि गरेको खबर छ ।
टाइम्स अफ इन्डियाका अनुसार एप्पलले भारतको प्रमुख प्रविधि केन्द्रमा आइफोन उत्पादनको प्लान्ट स्थापना गर्ने योजना बनाएको छ ।  यो कारखाना ताइवानस्थित म्यानुफ्याक्चरर विस्ट्रनसँगको साझेदारीमा निर्माण हुने जनाइएको छ ।
दक्षिण एसियाली मुलुकमा आफ्नो उपस्थिति बढाउने जोडदार प्रयास स्वरुप एप्पलले आइफोन उत्पादनको प्लान्ट भारतमा राख्ने चासो देखाएको बताइएको छ ।  कम्पनीले एक वर्ष अघि भारतमा खुद्रा बिक्रीको स्टोर खोलेको थियो ।  भारतले एप्पलजस्ता कम्पनीलाई आकर्षित गर्नका लागि ‘मेक इन इन्डिया’ अभियान नै चलाएको छ ।  विदेशी लगानी प्रबद्र्धनका लागि मोदी सरकारले विभिन्न कदम चाल्दै आएको छ ।

Load disqus comments

0 comments