Saturday, April 1, 2017

तपाईंलाई थाहा छ ? कति पुरानो छ सेल्फीको इतिहास !

मुख चुच्चो पारेर फोटो खिच्ने प्रचलनलाई बढाउने सेल्फीका बारेमा कसलाई पो थाहा नहोला र ! सबै उमेर समूहका मानिसमा सेल्फीको क्रेज छदैछ, त्यसमा पनि विशेष गरी युवापुस्तामा निकै बढी मात्रामा छ यसको क्रेज ।

स्मार्टफोनको बढ्दो प्रयोग र सुविधासँगै मोबाइलको अघिल्लो भागमा रहेको गुणस्तरीय क्यामराका कारण आफ्नो फोटो आफै खिच्न (सेल्फी) जो कोही उत्साहित भएका देखिन्छन् ।  सेल्फी आम रूपमा प्रचलनमा आएको धेरै भएको छैन तर यसको इतिहासका बारेमा सुन्नुभयो भने भने तपाइँ आश्चर्यचकित बन्नुहुनेछ ।

सेल्फीको इतिहास

सन् १८५० मा पहिलो सेल्फी लिइएको प्रमाण भेटिन्छ ।  संसारको पहिलो सेल्फी सन् १८५० कै दशकमा तयार भएको थियो तर क्यामरा वा मोबाइलबाट खिचिएको नभई त्यो एउटा चित्रकला थियो ।  स्वीडेनका आर्ट फोटोग्राफर ओस्कार गुस्ताव रेजलेन्डरले यस्तो सेल्फी बनाएका थिए ।  त्यस सेल्फी पोट्रेटलाई बेलायतको उत्तरी योर्कसायरमा रहेको मोर्फेट्स इन हेरोगेटमा ७० हजार पाउन्डमा लिलामीमा राखिएको थियो ।  पछि यो सेल्फी पोट्रेटलाई ७० हजार पाउन्डमा लिलाम गरियो ।
सेल्फीकै विषयलाई लिएर अर्को पनि दाबी रहेको छ ।  सन् १८३९ मा अमेरिकी फोटोग्राफर रोबर्ट कोरनेलियसले आफ्नो क्यामेराबाट आफ्नै फोटो खिच्ने प्रयास गरेको प्रसङ्ग भेटिन्छ ।  त्यो नै विश्वको पहिलो सेल्फी भएको दाबी गर्नेको जमात पनि एकातर्फ रहेको छ ।  सेल्फीको जे जस्तो इतिहास भए पनि आधुनिक युगमा मोइबालबाट आफैँ आफ्नो फोटो खिच्ने कार्यलाई सामान्यतया सेल्फी भनिन्छ ।  यो शब्दको प्रयोग अस्ट्रेलियाको वेबसाइट एबीसी अनलाइनले पहिलो पटक सन् २००२, सेप्टेम्बर १३ मा प्रयोगमा ल्याएको हो ।


- अजय शर्मा

Load disqus comments

0 comments