Saturday, April 1, 2017

जिमेलमा डाउनलोड नगरी भिडियो हेर्न पाइने

इन्टरनेटका क्षेत्रमा करिब करिब एकछत्र व्यापार गर्दै आएको गुगलले आफ्नो इमेल सेवा जिमेलमा नयाँ फिचर ल्याएको छ ।  उसले अबदेखि जिमेलका प्रयोगकर्ताले मेलमा आएका भिडियो डाउनलोड नगरिकनै हेर्न पाउने सुविधा ल्याएको छ ।  नयाँ फिचरमा जिमेलमा आएका भिडियो एटेचमेन्टलाई सिधै युट्युबसरह अनलाइन स्ट्रिम गरेर हेर्न सकिने छ ।
यसरी जिमेलमा आएका भिडियो स्ट्रिम गरेर हेर्न मिल्ने भएपछि प्रयोगकर्ताले त्यस्ता भिडियो हेरेर मात्र डाउनलोड गर्ने की नगर्ने भन्ने निधो गर्न सक्नेछन् ।  यसरी पहिला जिमेलमा आएका भिडियो डाउनलोड गर्नै पर्ने बाध्यताबाट प्रयोगकर्ता मुक्त हुने विश्वास लिइएको छ ।  जिमेलमा प्राप्त हुने भिडियो एटेचमेन्टमा भिडियोको थमनेल देखिनुका साथै सीधै स्ट्रिम गर्ने अप्सनसमेत हुनेछ ।  जिमेलमा ल्याइएको यो फिचरमा युट्युुब, गुुगल ड्राइभ तथा अन्य भिडियो स्ट्रिमिङ्ग एपमा जस्तै प्रविधि प्रयोग गरिएको गुगलले जनाएको छ ।  अबको दुई साताभित्र सबै जिमेल प्रयोगकर्ताका लागि यो नयाँ फिचर उपलब्ध हुने गुगलले आफ्नो ब्लग पोस्टमा उल्लेख गरेको छ ।  यसरी प्राप्त हुने भिडियो स्ट्रिम हुने भिडियोको गुुणस्तर उच्चस्तरको हुने गुगलको दाबी छ ।  जिमेलमा अहिले एउटा फाइल एटेचमेन्ट गरेर बढीमा २५ एमबीसम्मका फाइल एटेच पठाउन र पाउन सकिन्छ तर अबदेखि गुुगलले जिमेलमा एटेचमेन्ट फाइलको साइजको अधिकतम सीमा बढाएर ५० एमबी पु¥याएको छ ।

Load disqus comments

0 comments