Sunday, April 3, 2016

विदेश रोमिङको विकल्पमा टेलिकमले ल्यायो एनटिप्रो

https://play.google.com/store/apps/details?id=com.genband.nepaltelecom.voipतपाईँसँग पोस्टपेड मोबाइल छ र विदेश जान लाग्नु भएको छ भने अब नेपाल टेलिकमले नयाँ विकल्प ‘एनटिप्रो’ ल्याएको छ।
यसका लागि तपाईँसँग अब ‘एनटिप्रो’ एकाउन्ट र इन्टरनेट सुविधा भए पुग्छ । टेलिकमका अनुसार नेपालमै भएको बेलामा पनि सबैतिर यो प्रविधिबाट कल गर्न सकिन्छ ।
नेपाल टेलिकमले नयाँ सेवाको रुपमा उपभोक्ताहरुलाई एनटिप्रोसेवा उपलब्ध गराउने भएको छ ।
एनटिप्रोप्रयोग गरी नेपाल वा विदेशबाट समेत GSM नेटवर्क बाहिर भएको तर कुनै Internet Zone भित्र रहेको अवस्थामा आफ्नै पोस्टपेड मोबाइलमार्फत विश्वभर कल गर्न वा कल प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ ।
यो सुविधा उपभोग गर्नका लागि पहिले इन्टरनेटको प्रयोग गरी आफ्नो जीएसएम पोस्टपेड मोबाइल मार्फत NTPro एकाउन्ट खोल्नु पर्छ । यसका लागि Apple App Store Google PlayStore बाट NTPro App डाउनलोड गर्नुपर्छ । sub ntpro टाईप गरी १४२८ मा SMS गरेपछि प्राप्त युजर नेम र पासवर्ड प्रयोग गरी यो सेवा उपयोग गर्न सकिन्छ ।
https://play.google.com/store/apps/details?id=com.genband.nepaltelecom.voip
विदेशमा जाँदा रोमिङ सुविधा नलिइकन नै नेपालमा कल गर्नका लागि समेत यसको प्रयोग गर्न सकिन्छ । यो सेवा रोमिङ सेवाको सजिलो बिकल्पको रुपमा रहेको छ । NTPro बाट NTPro मा निःशुल्क कल गर्न सकिन्छ । NTPro बाट कल गर्दा वा रिसिभ गर्दा नेपाल टेलिकमको जीएसएम पोष्टपेड नम्बर नै कायम रहनेछ ।
यसबाट कम्पनीको नेटवर्कमा ( GSM,CDMA,PSTN Phone) कल गर्दा र कम्पनीको नेटवर्कबाट NTPro मा कल Receive गर्दा प्रतिमिनेट रु. ६।शुल्क लाग्छ । त्यसैगरी यसबाट अन्तर्राष्ट्रिय कल गर्दा कम्पनीको विद्यमान अन्तर्राष्ट्रिय महसुल दर भन्दा रु. ६ बढी शुल्क लाग्ने टेलिकमले जनाएको छ ।
https://play.google.com/store/apps/details?id=com.genband.nepaltelecom.voip

१. एन्ड्रोइडमा यो एप डाउनलोड गर्न यहाँ जानुहोस् 

२. आईओएसमा यो एप डाउनलोड गर्न यहाँ जानुहोस् 
Load disqus comments

0 comments